Thu. Nov 28th, 2024

माओवादी केन्द्र र एकीकृत समाजवादीको चुनावी घोषणापत्र एउटै हुने

काठमाडौँ — नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा एउटै घोषणापत्र लिएर जाने सहमति भएको छ ।

पार्टी एकतासमेत गर्ने तयारी गरेका दुवै दल एकताअघि नै चुनावमा भने एउटै घोषणापत्र बनाएर जान सहमत भएका हुन् ।

ललितपुरमा बसेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सहभागी बैठकले एकता संयोजन समिति गठन गर्ने र चुनावी घोषणापत्र एउटै बनाउनेबारे निर्णय गरेको हो ।

माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठका अनुसार केही दिनभित्रै पार्टी एकताका लागि एकता संयोजन समिति बनिसक्नेछ । नेकपा एकीकृत समाजवादीले भने यसअघि नै बनाइसकेको छ ।

योसँगै अब माओवादी केन्द्रको पनि बन्ने भएको हो ।

About The Author

अन्य समाचारहरु: