Wed. Jan 8th, 2025

साउनको अन्तिम सोमबार, आज व्रत समापन (फोटोफिचर)

शंकर श्रेष्ठ
धादिङ– आज साउनको अन्तिम सोमबार । देशभरिका शिवालयमा पूजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । साउन महिना र सोमबार भगवान शिवको महिना एवं बार भएकाले प्रत्येक वर्ष साउन महिनाको सोमबार शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्दछ ।

साउनको सोमबार व्रत बसी भगवान शिवको पूजा–आराधना गरेमा मनोकाङ्क्षा पूरा भई सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने विश्वास छ । विवाहित महिलाले पतिको दीर्घायु तथा अविवाहित महिलाले सुयोग्य वर प्राप्तिको कामनाले यो व्रत बस्ने परम्परा रहिआएको छ ।

धादिङको पशुपति मन्दिर, शिव मन्दिर, मुक्तिनाथ लगायत मन्दिरहरुमा पनि भक्तजनहरुको भीड लागेको छ । आज अन्तिम सोमबार शिवको पूजा–आराधना गरी गोदान, पूर्णपात्रलगायत धार्मिक कर्म गरी व्रत समापन गर्ने चलन छ ।

About The Author

अन्य समाचारहरु: