धादिङ– धादिङमा पछिल्लो समय कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ । आइतबार मात्रै १७ जनामा संक्रमण भेटिएको छ ।
यसअघिका महामारीमा पनि संक्रमण तीव्र नबनेको रुविभ्यालीमा पनि संक्रमण तीव्र बनेको छ । रुबिभ्याली गाउँपालिकामा शनिबार मात्रै ६ जना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय धादिङको तथ्यांङ्क छ ।
उत्तरी धादिङकै गंगाजमुना गाउँपालिकामा–८ जनामा संक्रमण भेटिएको छ । नीलकण्ठ नगरपालिकामा ३ जनामा संक्रमण भेटिएको छ । जिल्लाभर ३२ जनामा गरिएको एन्टिजेन परिक्षणमा १७ जनामा संक्रमण भेटिएको स्वास्थ्य कार्यालय धादिङका प्रमुख सागर प्रसाद घिमिरेले बताए ।
साउन महिना लागेदेखि बढ्दो क्रममा रहेको ओमिक्रोनको संक्रमण पछिल्लो दिनहरुमा झन तीव्र गतिले बढ्न थालेको छ । देशभर नै संक्रमण बढ्दै गएकोले सचेत रहन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।