धादिङ– धादिङका हेभी इक्युप्मेन्ट ब्यवसायीहरु संगठित भएका छन् । व्यवसायीहरुले शनिबार जिल्ला भेला गरेका हुन् ।
मलेखुमा भएको पहिलो भेलाले गजुरीका योगेन्द्र कुमार बस्नेतको संयोजकत्वमा धादिङ हेवी इक्वीकमेन्ट समिति चयन गरेको छ । डोजर, रोलर लगायत निर्माण सम्बन्धी काम गर्ने उपकरण संचालन गर्दै आएका व्यवसायीहरुको भेलाले बस्नेतको संयोजकत्वमा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
हेवी इक्वीकमेन्ट व्यवसायी समितिले व्यवसायीहरुको हकहितमा काम गर्ने महासङका केन्द्रीय सचिब यादबलाल श्रेष्ठले बताए । धादिङमा करिब २ सय बढी हेवी इक्वीकमेन्ट व्यवसायी छन् ।