Fri. Nov 29th, 2024

अब धादिङमै सिभिल र अटोमोबाईल इन्जिनियरिङ पढ्न पाइने !

धादिङ– डिप्लोमा इन सिभिल इन्जिनियरिङ र अटोमोबाइल इन्जिनियरिङ अब धादिङमै पढ्न पाईने भएको छ । 

सिटिइभिटीबाट सम्बन्धन लिएर नीलकण्ठ बहुप्राविधिक शिक्षालयले यस बर्षबाटै पढाइ सुरु गर्न लागेको हो ।

कक्षाकोठा, प्रयोगशाला, पुस्तकालय, मानव संसाधन र प्रयोगात्मक अभ्यास लगायत भौतिक सहयोग नीलकण्ठ नगरपालिकाले गर्नेगरी डिप्लोमा इन सिभिल इन्जिनियरिङ (स्पेसियल हाइड्रोपावर) र डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ कक्षा सञ्चालन गर्न लागिएको नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्माले बताए ।

सिभिल इन्जिनियरिङका लागि ४८ जना र अटोमोबाइल इन्जिनियरिङका लागि २४ जना कोटा निर्धारण गरिएको छ । शैक्षिक सत्र २०७९/०८० का लागि भर्ना समेत खुला गरिएको उपमेयर विश्वकर्माले जानकारी दिए ।

प्राविधिक शिक्षालय संचालन गर्नको लागि वडा नं ४ साविकको खानीगाउँ आधारभुत विद्यालयलाई नीलकण्ठ माविमा गाभेर नीलकण्ठ बहुप्राविधिक शिक्षालयको कक्षा संचालन गर्ने तयारी भएको छ ।

शिक्षालयमा सीटीइभिटिकै दरवन्दी संरचना अनुसार कर्मचारी तथा शिक्षकहरु रहनेछन् । ३ बर्षमा ६ सेमिस्टार पढाइ हुनेछ । एउटा कोर्स पूरा गर्न विद्यार्थीले करिब १ लाखको हाराहारीमा शुल्क बुझाउनुपर्नेछ ।

नेपालमा ठुल्ठुला हाइड्रोपावरमा सरकारले लगानी बढाउदै गर्दा स्पेसियल हाइड्रोपावर इन्जिनियरिङ्को पढाइले राम्रो प्रतिफल ल्याउन सक्ने शिक्षाविदहरुले बताएका छन् ।

About The Author

अन्य समाचारहरु: