धादिङ– नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी धादिङले शनिबार कार्यकर्ता प्रशिक्षण गराएको छ ।
चुनावको मिति घोषणा भएसँगै समाजवादीले सम्मानित नेता झलनाथ खनाललाई धादिङ ल्याएर कार्यकर्तालाई प्रशिक्षण दिएको हो । प्रशिक्षणका क्रममा नेता खनालले निर्वाचनमा केन्द्रिय भएर लाग्न निर्देशन दिए ।
प्रशिक्षणमा जिल्ला कमिटी र भातृ संघ संगठनमा आवद्ध नेता कार्यकर्ता सहभागि थिए । प्रशिक्षणमा समाजवादीका केन्द्रीय उपाध्यक्ष एवम् बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेसहित बागमती प्रदेश कमिटीका इन्चार्ज केदार न्यौपाने, पोलिटब्युरो सदस्य एवं धादिङका ईन्चार्ज गुरुप्रसाद बुर्लाकोटी लगाएत नेताहरु पनि सहभागि थिए ।
चुनावको मिति घोषणा भएसंगै पार्टी प्रशिक्षण र भेला गोष्ठीमा दलहरू सक्रिय हुन थालेको छन् । केन्द्रीय नेताहरु पनि जिल्ला धाउन थालेका छन् ।