Thu. Nov 28th, 2024

पार्टी निकट जनप्रतिनिधिलाई माओवादीको सम्मान

धादिङ– नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र धादिङले पार्टी निकट जनप्रतिनिधीहरुलाई सम्मान गरेको छ ।

स्थानीय तह निर्वाचन २०७९ मा पालिका र वडा तहका विभिन्न पदमा निर्वाचित जनप्रतिनिधीहरुलाई शनिबार धादिङबेसीमा अभिमुखिकरण सहित सम्मान गरेको हो । माओवादीबाट धादिङ जिल्लाभर १ सय ५४ जना निर्वाचित भएका थिए ।

त्यसमध्ये प्रमुख पदमा ३ जना, उप्रमुखमा ४, वडा अध्यक्षमा ३२ सहित १ सय ५४ जना जनप्रतिनिधी माओवादीबाट निर्वाचित छन् । जनप्रतिनिधी बनेर आम जनताको सेवा गरिरहदा आफ्ना पार्टीका मतदाता लक्षित रहन पनि माओवादी नेताहरुले आफ्नो पार्टी निकट जनप्रतिनिधीहरुलाई आग्रह गरेका छन् ।

About The Author

अन्य समाचारहरु: