Wed. Nov 27th, 2024

बैंकहरुमाथि लगाइएको नगद लाभांश वितरण प्रतिबन्ध फुकुवा

काठमाडौं– नेपाल राष्ट्र बैंकले नगद लाभांश वितरणमा गरेको प्रतिबन्ध फुकुवा गरेको छ।
राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यान्वयनको लागि बैंक तथा वित्तीय संस्थालाई जारी गरेको निर्देशनमा कोभिडको समयमा नगद लाभांशको वितरणमा गरिएको कडाई हटाउने व्यवस्था गरेको हो।

राष्ट्र बैंकले गतवर्षको मौद्रिक नीतिमा इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७७र७८ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांस घोषणा तथा वितरण गर्न पाउने व्यवस्था गरेको थियो।

यसैगरी, नगद लाभांश इजाजतपत्रप्राप्त संस्थाको २०७८ असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजदरको प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था थियो।

खुद वितरणयोग्य मुनाफा कूल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका इजाजतपत्र प्राप्त संस्थाले कर प्रयोजनका लागिबाहेक नगद लाभांश वितरण गर्न नपाउने व्यवस्था गरेको थियो।

About The Author

अन्य समाचारहरु: