Fri. Nov 29th, 2024

नीलकण्ठ माविका अनिसराज प्रजापति एसईईमा जिल्लाकै उत्कृष्ट

धादिङ– एसईई परीक्षामा धादिङ जिल्लाबाट नीलकण्ठ माविका अनिसराज प्रजापति जिल्लाकै उच्च जिपिए ल्याएका छन् ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले बुधबार प्रकाशित गरेको नतिजा अनुसार प्रजापतिले ३.९५ जिपिए ल्याएका छन् । त्यस्तै ३.९० जिपिए ल्याएर नीलकण्ठ माविकै दिवस अधिकारी र द राइजिङ भिलेज स्कुलका कोविडमणि रिमाल जिल्लाकै दोश्रो भएका छन् ।

यस्तै छात्रा तर्फ नीलकण्ठ मा।विका अनुपमा दुवाडी, कन्चना पौडेल र द राईजिङ भिलेज बोर्डिङ स्कुलका आस्मा सुवेदीले ३.८५ जिपिए ल्याएका छन् ।

धादिङबेसी सदरमुकाममा रहेको नमुना विद्यालय नीलकण्ठ मावि जिल्लाको सबैभन्दा धेरै जीपीए ल्याएर विद्यार्थी पास गराउनेमा छानिएको छ । नीजि विद्यालयहरुको बीचमा रहेको नीलकण्ठ माविले यो वर्ष २ सय ४४ जना विद्यार्थीलाई एसईईमा सहभागी गराएको थियो ।

धादिङ जिल्लाबाट ६ हजार २ सय २४ जनाले एसईई परीक्षा दिएका छन् । त्यसमध्य नियमितफर्तबाट ५ हजार ९ सय ५३, प्राविधिक तर्फबाट २ सय ९, खुल्ला तर्फबाट ३९ र ग्रेस वृद्धिबाट २३ जना सहभागी छन् ।

जिल्लाभर एक सय ५५ वटा विद्यालयका विद्यार्थीले २६ वटा परीक्षा केन्द्रबाट परीक्षा दिएका थिए । जिल्लाका एक सय ३२ वटा सामुदायिक विद्यालय, २१ वटा संस्थागत विद्यालय, ८ वटा प्राविधिक विद्यालय, एक वटा खुल्ला र एक वटा अनौपचारिक विद्यालयबाट विद्यार्थीहरु एसईईमा सहभागी भएका थिए ।

यस्तो धादिङको नतिजा

About The Author

अन्य समाचारहरु: