धादिङ– ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानको आशन्न निर्वाचनमा धादिङका कमल सापकोटाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
धादिङ घरभई काठमाडौंमा रहेर पर्यटन व्यवसाय गर्दै आएका सापकोटाले साउन ३० गते हुन लागेको टानको निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिने भएका हुन् ।
सालिन भद्र र सफल पर्यटन व्यवसायीका रुपमा चिनियएका सापकोटाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
सापकोटाले आफ्नो सामाजिक सञ्जाल मार्फत बेटर टान बनाउन मेहनत गर्ने प्रतिवद्धता सहित अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
साउथ एसियन यूथ टुरिजम अवार्ड २०१९’, पर्यटन वर्ष पुरुष २०१७ को अवार्ड जस्ता महत्वपूर्ण सम्मान पाएका सापकोटा गाउँ पर्यटन मञ्च (भिटोफ) नेपालको पूर्व अध्यक्ष समेत हुन् ।