
काठमाडौ – न्यूयोर्क अमेरिकाले बुधबारसम्म ४३ वटा राज्यमा एक हजारभन्दा बढी व्यक्तिमा मंकीपक्स संक्रमण भेटिएको पुष्टि गरेको छ।
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसी को पछिल्लो तथ्यांकअनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै १६१ जनामा मंकीपक्सबाट संक्रमित भएको पुष्टि भएको छ।
त्यसैगरी न्यूयोर्कमा १५९ र इलिनोइमा १५२ जनामा उक्त रोग संक्रमण पुष्टि भएको सीडीसीले उल्लेख गरेको छ।
अमेरिकी स्वास्थ्य तथा मानवसेवा विभागको पछिल्लो तथ्यांकअनुसार बिफर र मंकीपक्स रोकथामका लागि संकेत गरिएको अमेरिकी खाद्य तथा औषधि प्रशासनद्वारा अनुमति प्राप्त खोप जेवाईएनएनईओएस को १ लाख ३२ हजारभन्दा बढी मात्रा राष्ट्रव्यापी रूपमा मंगलबारसम्म लगाइएको छ।
विशेषज्ञहरूको भनाइअनुसार संक्रमित बढ्दै गएपछि स्थानीय स्तरमा मंकीपक्सको खोपको अभाव देखिएको छ।