
चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा बाग्मती प्रदेशमा एक लाख २५ हजार ५७ वटा सवारीसाधन थपिएका छन्।
ती प्रदेशात श्रम तथा रोजगार मन्त्रालयका अनुसार सो अवधिमा दुई पाङ्ग्रे ९६ हजार ५ सब २० बटा र चार पाङ्ग्रे १८ हजार ५३० सवारी थपिएका हुन् । चालु आवको फागुन मसान्तसम्मको अवधिमा ती प्रदेशमा दर्ता हुने कुल सवारी साधनको संख्या झण्डै १८ लाख पुगेको छ।
संघीय राजधानी शहर काठमाडौं उपत्यकासहितको बागमती प्रदेशमा सवारी साधन बर्सेनि डेढ लाखको हाराहारीमा सवारीको संख्या वृद्धि हुँदै आइरहेको छ । असार मसान्तसम्मको अवधिमा १४ लाख २९ हजार १ सय ६९ सवारीसाधन दर्ता भएका थिए । नागरिक दैनिकमा समाचार छ