Sat. Mar 15th, 2025

नेपाल-चीन संबन्ध अब थप प्रगाढ बन्नेछ : नवनियुक्त राजदुत श्रेष्ठ

धादिङ–  नेपाल र चीन बीचको सम्बन्ध थप सुमधुर र विकसित बन्ने जनवादी गणतन्त्र चीनका लागि नवनियुक्त महामहिम राजदुत विष्णु पुकार श्रेष्ठले बताएका छन् । चीनसँगको सदियौंदेखिको मित्रतालाई अझै विश्वास योग्य र विकसित मित्रताको रुपमा अगाडी बढाउने उनले बताए ।

जिल्ला समन्वय समिति, नीलकण्ठ नगरपालिका र धादिङका नागरिक संस्थाहरुले आइतबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमको सम्बोधन गर्दै राजदुत श्रेष्ठले भने- ‘म शुरुवातको चरणमा छु । म धेरै प्रतिवद्धता गर्दिन ।  देश, सरकार, संविधानले तोकेको कानुन अनुसार मैले कुटनितिक सम्बन्ध र व्यवहार अघि बढाएर नेपाल र चीनविचको सम्बन्धमा थप सुधार ल्याउनेछु ।’

धादिङ तिब्बतसँग जोडिएको जिल्ला भएको र सिंगो नेपालको विकाससँगै यस जिल्लाको विकासमा आफ्नो भुमिका महत्वपूर्ण रहेको सम्झदै श्रेष्ठले आफ्नो गृह जिल्ला भएका कारण पनि धादिङ प्राथमिकतामा रहेको बताए ।

About The Author

अन्य समाचारहरु: