धादिङ– धादिङको रुवीभ्याली गाउँपालिकामा बैंक अफ काठमाडौको शाखा विस्तार गरिएको छ । भौगोलिक हिसाबले बिकट रुवीभ्यालिमा बैंक पुगेपछि गाउँपालिकाको योजना भुक्तानी लिन धादिङबेसी झर्नु पर्ने समस्या समाधान भएको छ ।
नवनिर्वाचित गाउँपालिका अध्यक्ष रामसिं तामाङले आईतबार खाता खोलेर बैंकको सेवा सुरु गरिएको हो । यो संगै धादिङको १३ वटै स्थानिय तहमा बैंकिङ सेवा पुगेको छ ।
उहाँले नयाँ आर्थिक वर्षबाट गाउँपालिकाको सम्पुर्ण आर्थिक कारोबार बैंक अफ काठमाडौबाट गरिने पनि बताउनुभएको छ । गाउँमै बैंक सेवा सुरु भएसँगै स्थानीयहरुमा खुसी छाएको छ ।