
एजेन्सी – इस्लामाबाद पाकिस्तान सरकारले इस्लामाबादमा राति १० बजेपछि हुने विवाह समारोहमा प्रतिबन्ध लगाएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार बुधबारदेखि प्रतिबन्ध लागू भएको छ।
‘जियो न्यूज’का अनुसार पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफको निर्देशनमा उक्त प्रतिबन्ध लागू गरिएको हो। विवाहमा सहभागी पाहुनालाई एउटा मात्र परिकार खुवाउन अनुमति दिइएको छ।
साथै पाकिस्तान सरकारले साढे आठ बजे देशभरका बजार बन्द गर्ने निर्णय गरेको छ। बिजुली बचत गर्न यस्तो कदम चालिएको सरकारले जानकारी दिएको छ।
इस्लामाबादका डेपुटी कमिशनर इरफान नवाज मेमोनले राति १० बजेपछि बिहे गर्ने र बिहे भोजमा एकभन्दा बढी परिकार राख्नेलाई कसुरदार ठहर्याई कारबाही गरिने स्पष्ट पारेका छन्। यो निर्देशन रेष्टुराँ‚ होटेल र हललाई पनि दिइसकेको उनले बताए। यो नियम उल्लङ्घन गर्नेलाई प्रशासनले कडा कारबाही गर्ने चेतावनी दिएको छ।
‘जियो न्यूज’ का अनुसार चरम विद्युत संकट झेलिरहेको पाकिस्तानले बिजुलीको खपत घटाउन यस्ता कदम चाल्नुपरेको हो।
हालको विद्युत् संकटले पाकिस्तानको अर्थतन्त्र निकै प्रभावित भएको छ। जसका कारण राष्ट्रिय आर्थिक परिषद् ९एनईसी० ले देशभरका बजार राति ८स्३० बजे बन्द गर्न निर्देशन दिएको हो। प्रधानमन्त्री शहबाज शरीफको अध्यक्षतामा भएको विद्युत् संकटका सम्बन्धमा भएको बैठकले उक्त निर्णय गरेको हो। बैठकमा खैबर पख्तुनख्वाका बाहेक सबै प्रान्तका मुख्यमन्त्रीहरू सहभागी थिए।