कोरिया – कोरियामा एक नेपाली कामदारको मृत्यु भएको छ ।
रोजगार अनुमति प्रणाली ९ईपीएस० बाट रोजगारीको शिलशिलामा कोरिया गएका कास्कीको लेखनाथ नगरपालिका(१२ घर भएका ३५ वर्षीय भूमेश्वर गुरुङको मृत्यु भएको हो ।
राती एक्कासी स्वास्थ्यमा समस्या भएपछि अस्पताल पुर्याइएका गुरुङको आइतबार बिहान ५ बजे मृत्यु भएको कोरियामा सँगै बस्ने साथीहरुले जानकारी दिए ।गुरुङले एक हप्ताअघिदेखि आनसानमा रहेको गाडीको पार्टपुर्जा बनाउने कम्पनीमा काम थालेका थिए ।शनिवार घुम्न गएर सकुशल घर फर्किएका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि राती नै अस्पताल पुर्याएको थियो । गुरुङको श्रीमती, एक छोरा र एक छोरी रहेको रहेको बताइएको छ ।
खाडी मुलुकहरुमा भने अत्याधिक गर्मीको कारण तापमान नमिलेर कयौं नेपालीहरु आफू सुतेकै स्थानमा मृत भेटिन्छन् ।
यसैबीच, कोरियामा दुर्घटनामा परी निधन भएका अबैधानिक नेपाली कामदारको शब नेपाल पठाउन समस्या भएपछि यहाँ कार्यरत नेपाली संघसस्थाले सहयोग अभियान सुरु गरेका छन् । शब पठाउन झण्डै नेपाली १० लाख रुपैयाँ लाग्ने गर्छ ।
अनलाइनखरबाट