Tue. Mar 11th, 2025

अफगानिस्तानमा एकैदिन चार विस्फोट, कम्तिमा १२ जनाको मृत्यु

काठमाडौं – अफगानिस्तानमा बुधबार एक मिनिबस र मस्जिदमा भएको चार विस्फोटमा परी कम्तिमा १२ जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार मजार–ए–शरीफ इलाकामा एक मिनी बसमा तीन बम विस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको हो । उक्त विस्फोटमा परी १५ जना घाइते भएका छन् ।

बुधबार नै काबुलमा रहेको एक मस्जिदभित्र भएको बम विस्फोटमा कम्तिमा दुईजना मारिएका छन् भने १० जना घाइते भएका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार मजार(ए(शरीफमा भएका विस्फोटको जिम्मेवारी चरमपन्थी संगठन इस्लामिक स्टेटले लिएको छ ।

About The Author

अन्य समाचारहरु: