
धादिङ : नेपाली ब्यवसायी संघ बेल्जियमको आयोजनामा बेल्जियमको लुभेन शहरमा यही जेठ १४ गते शनिबार ‘नेपाली फुड फेस्टिभल’ हुने भएको छ । उक्त ‘नेपाली फुड फेस्टिबल’ बेल्जियममा कार्यरत करिब १५ भन्दा बढि देशका राजदूतहरु सहभागि हुने भएको छ । बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्रराज भण्डारीको निमन्त्रणामा दक्षिण एसिया लगायत अन्य बिभिन्न देशका राजदूतहरु र बेल्जियमको पररास्ट्र मन्त्रालय र युरोपियन युनियनका बिशिष्ट अधिकारीहरु सहभागि हुनेछ ।
युरोपमा नेपाली खाना, कला र संस्क्रितिको प्रचार प्रसार गरि नेपालमा पर्यटन प्रबर्धन गर्ने उद्देश्यले बेल्जियमका नेपाली ब्यबसायीहरुको संगठन नेपाली ब्यबसायी संघले नेपाली दुताबास बेल्जियमको सहकार्यमा दोश्रो पटक आयोजना गरेको फेस्टिबलमा बेल्जियमका स्थानीय बासिन्दाको पनि उल्लेख्य सहभागिता हुनेछ ।
संघका अध्यक्ष यामु निरौलाका अनुसार ६ महिना अघिबाट तयारी गरिएको फेस्टिबलमा यो पटक उत्साहजनक सहभागिता हुने अनुमान गरिएको छ ।
फेस्टिबलमा हिमाल, पहाड, तराईमा प्रचलित र लोकप्रिय खानाका परिकार , नेपाली संस्क्रिति झल्कने झाँकी, पञ्चेबाजा लगायतका लोक संगीत र लोकन्रित्य प्रस्तुत गरिनेछ । लक्की ड्र (भाग्य चिठ्ठा) गरि २ जना उपस्थितहरुलाई नेपालसम्मको आवत जावतको हवाई टिकट , चार जनालाई एक रात बस्नका लागि बेल्जियमका विभिन्न होटलहरूमा व्यवस्था गर्ने र अन्य केहीलाई विभिन्न रेष्टुरेण्टमा खानाका लागि कुपन दिने लगायतका उपहारको ब्यबस्थ पनि गरिएकोछ ।

बेनेलुक्सका लागि नेपाली राजदूत गेहेन्द्रराज राजभण्डारीले महोत्सवले नेपालको खाना, कला संस्कृति प्रवर्द्धन गर्ने र नेपालको पर्यटन प्रबर्धन लगायत जनस्तरको सम्बन्ध बिस्तार गर्न सहयोग पुगोस भन्ने हेतुले दूतावासले कूटनैतिक माध्यम र नेपालका शुभचिन्तकहरु मार्फत जानकारी गराएको बताउँदै महोत्सवले युरोपमा नेपाल चिनाउने अभियान सफल हुने विश्वाश ब्यक्त गर्नु भएकोछ ।
करिब चार सय नेपाली ब्यापारिहरुको ब्यबसायिक एकता र बिकासका लागि काम गर्दै आईरहेको नेपाली ब्यबसायी संघ बेल्जियम सन २००६ मा स्थापना भएको हो ।