धादिङ – धादिङको नीलकण्ठ नगरपालिकामा गठबन्धन दलहरुका उम्मेदवार बिजयो भएका छन् । मेयरमा नेपाली काङ्ग्रेसका उम्मेदवार भीमप्रसाद ढुंगाना विजयी भएका छन् । उनले १४ हजार ५ सय ७५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेका उम्मेदवार गंगादेवी श्रेष्ठले ९ हजार ६४ मत प्राप्त गरिन् ।
उपमेयरमा माओवादीका दिपक विश्वकर्मा विजयी भएका छन् । उनले ९ हजार ६ सय ९३ मत प्राप्त गरे । उनका प्रतिद्धन्द्धि नेकपा एमालेका उम्मेदवार फन्द्रा तामाङले ७ हजार ९ सय १३ मत प्राप्त गरे ।
माओवादी केन्द्रबाट उम्मेदवार बनेका वडा नं १ मा गणेशबहादुर गुरुङ, वडा नं २ मा ध्वजबहादुर गुरुङ, वडा नं ५ मा रामबहादुर श्रेष्ठ, वडा नं १४ मा नमराज विजयी भएका छन् ।
त्यस्तै काँग्रेसबाट वडा न ६ मा भुपेन्द्र कुमार श्रेष्ठ, वडा नं ७ मा गौतमहरि अधिकारी, वडा नं ९ मा राजन बराइली, वडा नं १० मा सरोज पाण्डे, वडा नं ११ मा रामबहादुर श्रेष्ठ, वडा नं १२ मा धर्मराज भण्डारी, वडा नं १३ मा सोमबहादुर गुरुङ विजयी भएका छन् ।
नेकपा एमालेबाट वडा नं ४ मा हरिबहादुर श्रेष्ठ विजयी भएका छन् ।
वडा नं ३ मा राजकुमार श्रेष्ठ र वडा नं ८ मा प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । दुवैजना स्वतन्त्र उम्मेदवार हुन् ।