धादिङ– नीलकण्ठ नगरपालिका वडा नम्बर ४ मा नेकपा एमालेका हरि श्रेष्ठको प्यानल विजयी भएका छन् ।
वडा अध्यक्षमा श्रेष्ठले ११ सय मतसहित महिला सदस्य, दलित महिला सदस्य र दुई वटा खुल्ला सदस्यले विजय हासिल गरेको छ । गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार राजकुमार राना मगरले ६ सय ४७ मत प्राप्त गरेका छन् ।
यो वडाबाट नगरपालिका प्रमुखमा एमालेले ९ सय १६ मत पठाएको छ भने उपप्रमुखमा ८ सय ८२ मत पठाएको छ । कांग्रेस, माओवादी केन्द्र र समाजवादीको तीन दलीय गठबन्धन भएको यो वडाले कांग्रेसका नगरप्रमुखमा पाएको जति मत माओवादी केन्द्रका उम्मेदवारले पाएको छैन ।
गठबन्धनबाट नगरप्रमुखमा कांग्रेसका उम्मेदवार भीम प्रसाद ढुंगानाले ६ सय ९६ मत प्राप्त गरेपनि गठबन्धनबाटै उपप्रमुखमा माओवादीका उम्मेदवारले २ सय ६३ मत मात्रै पाएका छन् । यो वडाको मत परिणामलाई हेर्दा नेपाली कांग्रेसले उपप्रमुखमा माओवादीलाई धोका दिएको देखिएको छ ।