
एजेन्सी – चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको नयाँ योजनाअनुसार सन् २०२५ सम्ममा त्यहाँ नर्सको संख्या ५५ लाख पुग्ने प्रक्षेपण गरिएको छ।
सन् २०२५ सम्ममा प्रति हजार जनामा करिब ४ जना दर्ता भएका नर्स रहने नर्सिङ विकास योजनाले देखाएको छ। सन् २०२० को अन्त्यमा चीनमा दर्ता भएका नर्सको संख्या ४७ लाखभन्दा बढी थियो जुन २०१५ को तुलनामा ४५ प्रतिशतको वृद्धि हो।
देशका ७० प्रतिशतभन्दा बढी नर्ससँग जुनियर कलेज उपाधि वा सोभन्दा माथिको उपाधि रहेको जनाइएको छ। नर्सिङमा आएको सुधारले मानिसहरूको स्वास्थ्यमा सुधार गर्न मद्दत पुग्ने अपेक्षा चीन सरकारले राखेको छ।