Tue. Mar 11th, 2025

यसपटक पनि करिब ५ खर्बको घाटा बजेट

काठमाडौ – सरकारले यसपटक पनि करिब पाँच खर्ब रूपैयाँको घाटा बजेट ल्याउने तयारी गरिरहेको छ। राजस्व स्रोत र वैदेशिक अनुदानबाट नधान्ने बजेटलाई घाटा बजेट भनिन्छ।

राष्ट्रिय योजना आयोगले पठाएको तीन वर्षको राष्ट्रिय स्रोत अनुमान र खर्चको सीमा निर्धारणका आधारमा सरकारले बजेट निर्माण तयारी गरिरहेको हो।

आयोगले यसपटकका लागि १७ खर्ब ४५ अर्ब रूपैयाँको बजेट सीमा पठाएको छ। चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटको यो करिब सात प्रतिशत बढी हो।

चालु आर्थिक वर्ष सरकारले सुरूमा १६ खर्ब ४७ अर्बको बजेट ल्याएको थियो। पछि मध्यवर्ती समीक्षामा बजेट आकार घटाएर १६ खर्ब ३२ अर्बमा सीमित पारिएको हो।

आयोगले पठाएको प्रक्षेपणमा यो बजेटको स्रोतमा राजस्वबाट संघीय सरकारको मात्रै १२ खर्ब ९ अर्ब उठ्ने अनुमान गरिएको छ।

त्यस्तै वैदेशिक अनुदान करिब ५१ अर्ब आउने अनुमान छ। यी दुई गरेर पनि सरकारलाई ४ खर्ब ८५ अर्ब स्रोत कम हुन्छ। यो स्रोत पूर्ति गर्न सरकारले २ खर्ब ५७ अर्ब आन्तरिक ऋण र २ खर्ब २८ अर्ब उठाउने सम्भावना छ।

About The Author

अन्य समाचारहरु: