Thu. Nov 28th, 2024

काँग्रेस धादिङका बागी उम्मेदवार पार्टीको साधारण सदस्यबाट निष्कासित


धादिङ :
स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार विरूद्ध स्वतन्त्र उम्मेदवारी दिने नेता तथा कार्यकर्तालाई नेपाली कांग्रेस धादिङले कार्बाही गरेको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकालाई कार्बाही गरेको हो ।

केन्द्र र जिल्लाको अनुरोधलाई बेवास्ता गर्दै आफ्नो उम्मेदवारी कायमै राखेका पार्टीका सदस्यहरु कल्पना अधिकारी (नीलकण्ठ नगरपालिका), टेकजंग लामा (नेत्रावती डबजोङ गाउँपालिका), फुलबहादुर तामाङ (खनियावास गाउँपालिका) र सरिता तामाङ (खनियावास गाउँपालिका) लगायतलाई पर्टीको सदस्यहबाट निष्काशन गरिएको हो ।

उम्मेदवारका प्रस्तावक र समर्थक साथै पार्टी र पार्टीले समर्थन गरेका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका अन्य स्वतन्त्र उम्मेदवार रहेका पार्टी सदस्य, निजहरूका प्रस्तावक र समर्थक रहेका पार्टी सदस्यहरूलाई कार्बाही गरिएको नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारीले जानकारी दिए ।
सदस्यहरूलाई उम्मेदवारी फिर्ताका लागि केन्द्रिय कार्यालयले बैशाख १६ गते सार्वजनिक अनुरोध गरेकोमा कतिपय सदस्यले फिर्ता नलिएका र दलगत रूपमा उम्मेदवारी दिएकाले कार्बाही गरिएको नेपाली काँग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ४ उपधारा १३ (ग) बमोजिम नेपाली कांग्रेसको सदस्यबाट हटाइएको छ । साथै उनीहरूलाई नेपाली कांग्रेसको झण्डा, लोगो र ब्यानर प्रयोग नगर्न सचेत गराइएको छ ।

स्थानीय तह सदस्य निर्वाचनका लागि धादिङमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबीच गठबन्धन गरिएको छ ।

About The Author

अन्य समाचारहरु: