काठमाडौं – नेपाल टेलिकमका आधाभन्दा बढी मोबाइल डेटाका प्रयोगकर्ता थ्रीजीमै आश्रित रहेको देखिएको छ ।
गत माघ २०७८ सम्मको विवरणका आधारमा नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको ‘एमआईएस प्रतिवेदन’का अनुसार टेलिकमका १ करोड ९३ लाख डेटा प्रयोगकर्तामध्ये ९९ लाख ९५ हजार प्रयोगकर्ता थ्रीजीमै छन् । टेलिकमको फोरजी प्रयोगकर्ताको संख्या ९३ लाख ०८ हजार पुगेको छ ।
नेपाल टेलिकमले फोरजी सेवाको विस्तार गरिरहेपनि अझै पनि धेरै प्रयोगकर्ता थ्रीजी नै प्रयोग गर्न बाध्य छन् ।
चौथो पुस्ताको मोबाइल सेवा फोरजी प्रयोगकर्ताको संख्यामा नेपाल टेलिकमले एनसेललाई उछिने पनि एनसेलको थ्रीजी प्रयोगकर्ताको संख्या टेकिलमको भन्दा कम छ ।
एनसेलका १९ लाख ९७ हजार सब्स्क्राइबरले थ्रीजी चलाउँछन् । एलसेलको फोरजी प्रयोगकर्ताको संख्या ६५ लाख ४९ हजार पुगेका छन् ।