आसन्न स्थानीय तह निर्वाचनमा हल्चोकबाट खटाउने भनिएका पन्ध्र सय सशस्त्र प्रहरी अलपत्र परेका छन् । हेडक्वार्टरबाट विभिन्न दश जिल्लामा खटाइने भनिएका उनिहरु सरकारको भर पर्दा होटेलमा खाना खाएर बस्नुपर्ने अवस्थामा पुगेका हुन् ।
आज बिहान १० बजे हेडक्वार्टरबाट सिन्धुली,दोलखा,रामेछाप, सिन्धुपाल्चोक,नुवाकोट,रसुवा, धादिङ,लमजुङ,बाग्लुङ तथा गोरखा जानु पर्ने थियो । तर, सरकारले बजेट उपलब्ध नगराउँदा र सवारी साधन नजुटेपछि उनीहरुको यात्रा रोकिएको हो ।
स्रोतले दिएको जानकारीअनुसार सशस्त्रका इन्स्पेक्टरदेखि जवानसम्मको फौज स्टाण्डबाई राखिएको छ ।