काठमाडौ – स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्न देशभरबाट करिव डेढ लाख जनाको मनोनयन परेको छ ।
निर्वाचन आयोगले मनोनयन दर्ताको भोलिपल्ट मात्रै देशभरबाट परेको मनोनयनको अद्यावधिक विवरण तयार पारेको छ ।
अधिकांश स्थानबाट विवरण आए पनि छिटफुट रुपमा तथ्यांक संकलन गर्ने क्रम अहिले पनि चलिरहेको आयोगले जनाएको छ ।
आयोगको विवरण अनुसार, सबैभन्दा बढी प्रतिस्पर्धा मेयमा देखिएको छ । औसतमा एउटा पालिकामा मेयरमा १२ जनाको प्रतिस्पर्धा छ ।
त्यसपछि गाउँपालिका अध्यक्षमा प्रतिस्पर्धा छ । अनि दोस्रो पदहरु उपमेयर र उपाध्यक्षमा प्रतिस्पर्धा देखिन्छ ।
संख्याको हिसावले वडा सदस्य पदमा सबैभन्दा बढी उम्मेद्वारी परेको छ ।