धादिङ– धादिङको दुई वटा स्थानीय तहको दुई वडाहरुमा एकल उम्मेदवारी परेको छ । दलित महिला सदस्य पदमा नेपाली कांग्रेस र नेकपा एमालेका महिला सदस्यको एकल उम्मेदवारी परेको हो ।
खनियाबास गाउ“पालिका वडा नं ४ कांग्रेसका उम्मेदवार विमला नेपाली सर्वसम्मन बनेका छन् । उनको प्रतिष्पर्धामा कसैको पनि उम्मेदवारी परेको छैन ।
गंगाजमुना गाउ“पालिका वडा नं ४ मा नेकपा एमालेबाट महिला सदस्य पदमा रत्नमाया घलेको मात्र उम्मेदवारी परेको छ । उनी पनि निर्विरोध बनेका छन् । धादिङ जिल्लाबाट विजयीको खाता खोल्ने कांग्रेस र एमालेको यी दुई उम्मेदवार नै पहिलो हो ।