धादिङ– धादिङमा तीन दलबीच गठबन्धनको टुंगो लागेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबीच जिल्लाको नगरपालिका प्रमुख, उपप्रमुख र गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवारी टुंगो लगाएको हो ।
जिल्लामा रहेको २ नगरपालिका सहित १३ स्थानीय तह मध्य कांग्रेसले ८ प्रमुख र ४ उपप्रमुख, नेकपा माओवादीले ३ प्रमुख र ५ उपप्रमुख, समाजवादीले २ प्रमुख र ४ उपप्रमुख लिएर जिल्लास्तरीय गठबन्धनमा हस्ताक्षर गरेका हुन् । जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा माओवादी र उपप्रमुखमा समाजवादीले लिने भएका छन् ।
प्रदेश स्तरीय ५ दलिय गठबन्धनको निर्णय बमोजिम नै नगरपालिकाको प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्षको टुंगो लगाइएको एकिकृत समाजवादी धादिङका सचिव सुवास खतिवडाले बताए । सहमतिपत्रमा नेपाली कांग्रेसका सभापति रामनाथ अधिकारी, नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज शालिकराम जमरकट्टेल र नेकपा समाजवादीका जिल्ला इन्चार्ज गुरु प्रसाद बुर्लाकोटीले हस्ताक्षर गरेका छन् ।