Thu. Nov 28th, 2024

आचारसंहिता उल्लंघन गर्नेलाई कार्वाही गर्ने चेतावनी

काठमाडौ– निर्वाचन आयोगले आचारसंहिता उल्लंघनका घटनालाई नोटिसमा राखेको भन्दै आचारसंहिता उल्लंघन भए कारवाही गरिने प्रस्ट पारेको छ ।

  आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिता उल्लङ्घनबारे बाहिर आएका विषयलाई आयोगले नोटिसमा राखेको जनाएका हुन् ।

‘तिनलाई आयोगले नोटिस गरिरहेको छ । जसमध्ये कतिपयलाई आयोगले पत्राचार गरिसकेको छ भने कतिपयको अध्ययन भइरहेको छ’, पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले भने,‘त्यसका आधारमा उहाँहरूसँग बुझ्ने, स्पष्टता खोज्ने र त्यसपछि आवश्यक कारवाही आयोगले गर्छ ।’  साथै निर्वाचन आयोगले आयोगमा दर्ता भएका दल मात्रै चिन्ने भन्दै सोही दलका उम्मेदवार रेकर्डमा रहने बताए ।

About The Author

अन्य समाचारहरु: