Thu. Nov 28th, 2024

धादिङमा कांग्रेस, माओवादी र समाजवादीको वडा तहसम्मै चुनावी तालमेल

धादिङ– धादिङका गठबन्धन दलहरूले वडा तहसम्मै चुनावी तालमेल गर्ने भएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरूको संयुक्त बैठकले जिल्लाका १३ वटै पालिका, १०४ वटै वडा र जिल्ला समन्वय समितिसम्म तालमेल गरेर जाने निर्णय गरेका हुन् ।

धादिङका १०४ वटै वडामा गठबन्धनबाट साझा उम्मेदवार उठाउने निर्णय भईसकेकाले आन्तरिक होमवर्क गर्नको लागि बैठकले गठबन्धन दलका दुई दुई जना रहने गरि कार्यदल समेत गठन गरेको छ ।

बैठकले गठबन्धन दलको संयुक्त सचिवालय धादिङवेशीमा खोल्नेसहित बिभिन्न ८ बुँदे निर्णय गरेको छ । गठबन्धन दलहरुबीच आरोप पत्यारोप नगर्न र एक अर्को सदस्य वा मतदातालाई आफ्नो पार्टीमा प्रवेश गराउन नपाईने समेत निर्णय गरेको छ ।

कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीको अध्यक्षमा बसेको बैठकमा माओवादी केन्द्रबाट शालिकराम जम्कटेल, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे, जनता समाजवादीबाट राजु नेपाललगायत चारै दलका प्रभावशाली नेताहरु सहभागी थिए ।

About The Author

अन्य समाचारहरु: