धादिङ– नेकपा एकीकृत समाजवादी निकट युवा संघ गजुरी गाउँपालिका संगठन कमिटीले मलेखुदेखि गजुरी हुँदै गलौदीसम्म र्याली गरेको छ । स्थानीय तहको चुनाव नजिकिदै गर्दा सयौंको संख्यामा मोटरसाइकल र गाडीमा युवा संघले र्याली निकालेको हो । र्यालीमा बागमती प्रदेशका मुख्यमन्त्री एवं नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, उपमहासचिव गंगालाल तुलाधर, केन्द्रिय सदस्य गुरु प्रसाद बुर्लाकोटीसहित नेता कार्यकर्ता सहभागी थिए ।
हेर्नुहोस् तस्बिरहरु