२३ असार, धादिङ – नेपाललाई सनातन हिन्दुराष्ट्र घोषण गर्न र नेपालको संविधानको मस्यौदामा उल्लेखित धर्म सम्बन्धि शब्दहरुको परिवर्तनको माग गर्दै प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सभामुख सुवासचन्द्र नेङवाङलाई ज्ञापन पत्र बुझाएको छ ।
प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय सचिव गणेश ढुङगाना सहितको टोलीले बुधबार धादिङका सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुली मार्फत सभामुखलाई ज्ञापन पत्र बुझाएको हो ।
संविधानको प्रारम्भिक मस्यौदा २०७२ मा लेखएका केही शब्दहरुमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालले आपत्ती विरोध जनाउँदै सुझाव स्वरुप ज्ञापन पत्र बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । त्यसै गरी ज्ञापन पत्रमा प्रस्तावना चौंथो पंक्तिमा भएका सामन्ती र निरंकुश आदि देशलाई गाली गर्ने, संविधानको प्रारम्भीक मस्यादा २०७२ को धारा ४ को धर्मनिरपेक्ष शब्द, भाग ३ को धारा उपधारा १ को कुनै धर्मबाट अलग हुने स्वतन्त्रता रहने छ, धारा २३ को उपधारा २ र ३ मा यौनिक अभिमुखीकरण भन्ने शब्द हटाई योग शिक्षा भन्ने शब्द राखिनु पर्ने, धर्मनिरपेक्षताको लागि को–को कस–कसबाट कति सहयोग लिईयौं जस्ता गलत शब्दहरु हटाईनु पर्ने प्राज्ञिक विद्यार्थी परिषद् नेपालका सचिव गणेश ढुङ्गानाले बताए ।
ज्ञापन पत्र बुझ्दै धादिङका सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीले चाँडै नै ज्ञापन पत्र सभामुख समक्ष पत्र पु¥याउने बताए ।