Sat. Mar 15th, 2025

श्रीलंकाका मन्त्रीहरुले सामूहिक राजीनामा दिए

आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा सरकारमा रहेका सबै मन्त्रीहरूले राजीनामा दिएका छन्।

संकटकाल घोषणापछि लगाइएको कर्फ्यूकै बीच भएका प्रदर्शनपछि आइतबार राति सबै मन्त्रीहरूले प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई राजीनामा बुझाएको बीबीसीमा उल्लेख छ।

राजीनामा दिनेमा राजापाक्षे परिवारका तीन जना मन्त्रीसमेत रहेको समाचारमा उल्लेख छ।

मन्त्रीहरूको राजीनामाका विषयमा प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राष्ट्रपतिसँग छलफल गर्दैछन्।

About The Author

अन्य समाचारहरु: