Wed. Mar 19th, 2025

दम्भ, घमण्ड र अंहकारीलाई शक्तिलाई पराजीत गराऔं : गुरु बुर्लाकोटी

धादिङ– नेकपा एकीकृत समाजवादी पार्टी धादिङ्गले निलकण्ठ काठमाडौ सम्पर्क मञ्च गठन गरेको छ । अध्यक्षमा दिपक राना मगर, सचिवमा क्रषी कडरीया र कोषाध्यक्षमा कुमार श्रेष्ठ चयन भएका छन् ।

कार्यक्रम नेकपा एकीकृत समाजवादीका  पोलिटब्युरो सदस्य गुरु प्रसाद बुर्लाकोटीले आगामी वैशाखमा हुने आसन्न स्थानीय तहको निर्वाचनमा दम्भ, घमण्ड र अंहकारी शक्ति बोकेर हिडेको पार्टीलाई पराजीत गर्नुेपर्ने बताए । बुर्लाकोटीले भने, ‘हामीले यो चुनावमा एकीकृत समाजवादी पार्टीको शक्तीलाइ एकदम बलीयो बनायर जानु पर्छ, अरुको भर परेर अरुसंग झुकेर जानु भन्दा पनि आफ्नै शक्तिले पनि हामीले चुनाव जित्नेछौँ ।’

देशमा दक्षीणपन्थी, दलाल पुँजीवाद र विदेशीमा झुकाव राख्ने पार्टी पराजित हुनुपर्ने उनले तर्क गरे ।
केपी ओली परीवर्तनका वहाक नभई यथास्थीतीको वहाक भएको र ओलीकै प्रतिगामी चरीत्रको कारणले एकीकृत समाजवादी पार्टीको जन्म भएको समेत स्पस्ट पारे ।

धादिङ्गमा नेकपा एकीकृत समाजवादी पार्टीले छोटो समयमानै स्वास्थ्य, शिक्षा, सञ्चार र पूर्वाधार विकासमा उपलब्धीमुलक कामहरु गरेर देखाएकोले अबको देशको राजनीतिक भविष्य पनि समाजवादी पार्टीकै हातमा रहेको जिकीर गरे । अब धादीङ्गका पुरै यूवा शक्तीहरु लाइ नेकपा एकीकृत समाजवादी पार्टीमा समाहीत भएर अगाडी बढ्न समेत आग्रह गरेका गरे ।

About The Author

अन्य समाचारहरु: