Fri. Feb 28th, 2025

आगलागीबाट पीडित पुतलीमायालाई ३० हजार सहयोग

chapang help
धादिङ – धादिङको महादेवस्थान गाउँ विकास समिति वडा नम्बर २ की पुतलीमाया चेपाङलाई नगद ३० हजार सहयोग प्राप्त भएको छ ।

रेडियो धादिङमा असार १७ गते प्रसारण भएको “चेपाङहरु बसोबास गर्दै आएको गोठ जलेर नष्ट” शिर्षकको समाचार सुनेपछि सदरमुकाम धादिङवेसीका अमर लुङ्गेली थापा मगरले मंगलबार रेडियो धादिङको कार्यलयमा नगद उपलब्ध गराएका हुन् ।  बैशाख १२ गते गएको भुकम्पको कारण घर भत्किएर गोठमा बस्दै आएको चेपाङहरुको गोठ यहि असार १७ गते जलेर नष्ठ भएको थियो । ८५ वर्षिय मगरले यसभन्दा अघि पनि रेडियो धादिङको समाचार सुनेर नगद सहयोग उपलब्ध गराएका थिए ।

मंगलबार बिहान रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्मालाई नगद हस्तान्तरण गर्दै छिटो भन्दा छिटो पिडितको हातमा पु¥याईदिन मगरले आग्रह गरे । हामीले त मिठो मसिनो खाएका छौं, उनीहरुले के खाएर बसेका होलान्, कहाँ बसेका होलान् जसरी हुन्छ यो थोरै सहयोग उनीहरुको निम्ती ठुलो बन्न सक्छ भन्दै अनुरोध गरेका थिए । नगद ३० हजार बुझ्दै म्यानेजर शर्माले नगद ३० हजार चाँडो भन्दा चाँडो पिडितको घरमै पुगेर प्रदान गरिने बताए । चेपाङहरुको गोठमा आगोलागी हुँदा राहतमा पाएको नगद २२ हजार, घरमा भएको ४ मुरी मकै, धान, १५ पाथि कोदो लगायत लत्ताकपडा नष्ट भएको थियो ।

About The Author

अन्य समाचारहरु: