Thu. Mar 13th, 2025

बागमती प्रदेश : पुरुष क्रिकेटतर्फ नुवाकोट र धादिङको विजयी सुरुवात

चितवन : चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पुरुष तर्फको क्रिकेट खेल आजबाट सुरु भएको छ । प्रतियोगिताको पहिलो खेल रामेछाप र नुवाकोटबीच भएको थियो । टस जितेर ब्याटिङ रोजेको नुवाकोटले २ विकेट गुमाएर रामेछापलाई २५६ रनको लक्ष्य दिएको थियो ।

रामेछापले १५ ओभरमा सबै विकेट गराउदैं ६६ रनमै सिमित रहेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएका विभिन्न प्रतियोगिताहरु मध्ये हाल सम्मकै नुवाकोटका राजेश रिमालले एकैखेलमा हाइ स्कोर १५९ रन बनाएका थिए ।

त्यस्तै, दोस्रो खेलमा रसुवाले टस जितेर ब्याटिङ रोजेर १३ ओभरमा पुरै विकेट गुमाउदैं ५१ रन बनाएको थियो । धादिङले ५ ओभरमै एक विकेट गुमाएर लक्ष्य हासिल गर्दै अघिल्लो चरण प्रवेश गरेको खेल संयोजक प्रेम बहादुर क्षेत्रीले बताए ।

विहीबार दुई खेल हुनेछ । पहिलो खेल ललितपुर र दोलखा तथा दोस्रो खेल सिन्धुपाल्चोक र काभ्रेबीच हुने क्षेत्रीले बताए । प्रतियोगितामा सिन्धुलीले सहभागिता जनाएको छैन् ।

About The Author

अन्य समाचारहरु: