Thu. Mar 13th, 2025

मकवानपुर र धादिङ सेमीफाइनल प्रवेश


हेटौंडा : प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फ आज भएको खेलमा धादिङ र मकवानपुर विजयी भएका छन् ।

हेटौंडाको क्याम्पा रंगशालामा जारी खेलको पहिलो खेलमा धादिङ र काभ्रेबीच भएको थियो । १–० गोलअन्तरले धादिङ विजयी भएको हो । खेलको २४ औं मिनेटमा विपिन कंडेलले गरेको एक गोल नै निर्णायक गोल बन्न पुग्यो । विजयी सँगै धादिङ सेमीफाइनल प्रवेश गरेको छ ।

त्यस्तै, घरेलु मैदानमा सिन्धुलीलाई हराउदैं मकवानपुर सेमीफाइनल प्रवेश गरेको छ । आजै भएको क्वाटरफाइनल खेलमा १८ मिनेटमा ललित चौलागाईले पहिलो गोल गरेका थिए । पहिला हाफमा ४७ मिनेटमा सुनिल घलानले मकवानपुरका लागि दोस्रो गोल थपेका थिए । मकवानपुरका लागि दोस्रो हाफको ७४ मिनेटमा समिरराज थोकरले एक गोल थप गर्दै ३–० गोल अन्तरले मकवानपुर विजयी भएको हो ।

विहीबार दुई खेल हुनेछन् । पहिलो क्वाटरफाइनल खेल ललितपुर र रामेछापबीच हुनेछ भने दोस्रो खेल दोलखा र भक्तपुरबीच हुने खेल संयोजक कल्पना शर्माले बताउनुभयो । खेल नकआउट चरणमा खेलाइएको छ ।

About The Author

अन्य समाचारहरु: