Sat. Mar 15th, 2025

युक्रेनको कीभ पुगे पोल्याण्ड, स्लोभेनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरू

पोल्याण्ड, स्लोभेनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरूले मंगलबार कीभको भ्रमण गरेका छन् । उनीहरूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेटेका छन् ।

स्लोभेनियाका प्रधानमन्त्री जेनेज जान्साले युक्रेनका जनतालाई भने: ‘तपाईंहरू एक्लै हुनुहुन्न। तपाईंको लडाइ हाम्रो लडाइ हो र हामी मिलेर जित्नेछौं।’

चेकका प्रधानमन्त्री पेत्र फियालाले भने, ‘तपाईं आफ्नो जीवन, आफ्नो स्वतन्त्रताको लागि लडिरहनु भएको छ । तर हामीलाई थाहा छ कि तपाईं हाम्रो जीवन र हाम्रो स्वतन्त्रताको लागि पनि लड्दै हुनुहुन्छ।’  युक्रेनका जनताको साथमा युरोप उभिएको उनले बताएका छन् ।

दुवै नेताले युक्रेनी भाषामा ‘ग्लोरी टु युक्रेन’ भनेका छन् । गत महिना रुसको आक्रमणपछि युक्रेनमा विदेशी नेताको यो पहिलो भ्रमण हो।

About The Author

अन्य समाचारहरु: