Thu. Nov 14th, 2024

बित्तीय साक्षरता नै उद्यमशिलताको मुख्य आधार होः सिईओ न्यौपाने


साधना लघुबित्त बित्तीय संस्था लिमिटेड को नाम पछिल्लो समयमा चर्चाको शिखरमा छ । नेपाल राष्ट्र बैक बाट मिति २०७४/०७/१३ गते ईजाजत प्राप्त गरी गोरखा जिल्लाको गोरखा न.पा वडा नं. ६ हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुबित्तले स्थापनाको छोटो समयमा नै ९३ बटा शाखा कार्यालय मार्फत नेपालका भौगोलिक रुपमा बिकट ग्रामीण क्षेत्रलाई लक्षित गरी प्रत्यक्ष बित्तीय सेवा प्रदान गरिरहेको छ । बिशेषत लघुबित्तले कृषि पर्यटन र उद्यमशीलताको बिकासको लागी कार्य गर्ने गर्दछ । बित्तीय संस्थामा आबद्ध सदस्यको सामाजिक तथा आर्थिक रुपान्तरण संगै बित्तीय साक्षरताका कार्यक्रम गर्दै आईरहेको छ । बित्तीय संस्थाले सञ्चालन गर्ने बित्तीय साक्षरता कार्यक्रम,बित्तीय अबस्था र रणनितीहरुको बारेमा बित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री रेशम न्यौपाने संग गरिएको कुराकानीको सम्पादीत अंश

साधना लघुबित्त बित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपाने ।


लघुबित्त कार्यक्रमको बारेमा विभिन्न टिका टिप्पणीहरु हुने गरेको सुनिन्छ, संक्षेपमा लघुवित्तको उद्देश्य के हो ?
समुदायमा बचतको रुपमा छरिएर रहेको स –सानो पुँजी लाई बचतको रुपमा संकलन गरी सोही पुँजीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्दे पुँजीको निमार्ण, उद्यमशिलताको सूरुवात,रोजगारीको सिर्जना,स्थानिय श्रोत र साधनको परिचालन, कृषि, पर्यटन संगै लघुउद्यम व्यवसायको प्रबर्दन गरी समुदायको आर्थिक, सामाजिक रुपान्तरण गर्ने र आबद्ध सदस्यको जिविकोपार्जनमा सकारात्मक परिबर्तन गर्ने लघुबित्त कार्यक्रमको मुख्य उद्देश्य रहेको हुन्छ । सो को अलवा गाउँघरमा वित्तीय साक्षरता अभियान संचालन गर्नु पनि अर्काे मुख्य उद्देश्य हो । अनि ती ग्रामीण महिलाहरु जो चुलोचौकामै सीमित हुन्छन्, जसले आफ्ना पारिवारिक आवश्यकताहरु पूरा गर्नका लागि आफ्ना श्रीमान्कै भर पर्नुपर्ने अवस्थालाई अन्त्य गर्नै उनीहरुलाई सामाजिक र आर्थिक रुपले सशक्तिकरण गर्नु पनि हो ।

यसर्थ, लघुवित्तले जसरी वित्तीय स्रोतको उपलब्धताको लागि काम गर्छ, त्यसैगरी स्थानीय स्तरमा स्वरोजगारका अवसरहरु देखाउने काम पनि गर्छ । अझ साँच्चिकै भन्नुपर्दा अबको लघुवित्तलाई केवल वित्तीय स्रोत उपलब्ध गराउने संस्थाको रुपमा मात्र नभई यसबाट प्रवाह गरिने सेवालाई विविधिकरण गर्नु जरुरी हुन्छ । लघुवित्तको दीगो विकास र सम्बद्र्धनका लागि वित्तीय सेवाको अलवा यसले स्वरोजगारको सवालमा सीप र दक्षता अभिवृद्धि गर्ने खालका अभिमुखीकरण कार्यक्रमहरुलाई पनि सँगसँगै लैजानुपर्ने आवश्यकता देखिन्छ । त्यसो हुन सक्यो भने सशक्तिकरण र आर्थिक आत्मनिर्भरताको विकास हुनेछ । अब लघुवित्तहरु पनि सेवा प्रवाहमा विविधिकृत हुनुपर्छ ।

लघुबित्त क्षेत्रमा उच्च दोहोरपनाहरु देखिएका छन ? उच्च दोहोरपनाले लघुबित्त कार्यक्रम दिगो छ त ? ग्राहक संरक्षणका लागि यहाँहरुको रणनिती के के छन?
यहाँले अत्यन्तै महत्वपूर्ण बिषयको उठान गर्नुभएको छ । बिगतका बर्षहरुमा नेपालमा लघुबित्त बित्तीय संस्थाहरुको स्थापना गर्न एक किसिमको होड नै चलेको थियो । त्यसमा पनि सञ्चालनमा आएका बित्तीय संस्थाको शाखा कार्यालयहरु बजार केन्द्रीत हुने वा भनौ एकै स्थान केन्द्रीत हुन पुग्यो जसको कारण एउटै सदस्य धेरै लघुबित्त का ग्राहक बन्न पुगे । लघुबित्तको मर्म भन्दा बाहिर रही कार्यक्रम सञ्चालन गर्दा कतिपय स्थानमा बित्तीय दुर्घटनाहरु पनि भएको देखिन्छन तर नियमनकारी निकाय नेपाल राष्ट्र बैकले लघुबित्त बित्तीय संस्थाहरुमा पनि एक आपसमा गाभ्ने वा गाभिने, मर्जर निती अबलम्बन गरे संगै ११५ भन्दा माथी रहेका लघुबित्त बित्तीय संस्थाको संख्या ६६ मा झरेको छ ।

स्बभाबिक रुपमा पनि लघुबित्त बित्तीय संस्थाको संख्या घटे संगै लघुबित्त क्षेत्रमा रहेको दोहोरोपनामा सुधार हुदै गएको देखिन्छ । बिगतका दिनहरुमा लघुबित्त क्षेत्रमा उच्च दोहोरोपनाको कारणले सञ्चालित कार्यक्रममा केही समस्या देखिएपनि हाल सुधारउन्मुख देखिएका छन् । अब हामी लघुबित्तकर्मीले लघुबित्त कार्यक्रमको गुणस्तर कायम गरी परिमाणत्मक भन्दा भनी गुणत्मक बृद्धि गर्न मा ध्यान दिन जरुरी रहेको देखिन्छ । बित्तीय संस्थाका सम्पती भनौ वा अभिभाबक ,सबै ग्राहक सदस्यहरु नै हुन । बित्तीय संस्थामा आबद्ध ग्राहक सदस्यलाई सन्तुष्टी बनाउन सकेमा मात्र बित्तीय संस्थाको प्रगती दिगो रहने कुरामा हामी सचेत छौ ।

तसर्थ हामी संग आबद्ध ग्राहक सदस्यहरुलाई सन्तुष्ट र खुसी बनाउन हामीले ग्राहक सदस्यको समस्यालाई उच्च प्राथमिकतामा राखी शिघ्र सुधार गर्ने, ग्राहक सदस्यहरुबाट प्राप्त सुझाबको कार्यान्बयन गर्ने र छिटो बित्तीय सेवा प्रबाह गरेका छौ र त्यति मात्रमा सिमित नभई बित्तीय संस्थामा आबद्ध ग्राहक सदस्य वा अभिभाबकको को मृत्युमा कर्जा मिनाहा, काज क्रिया खर्च, सदस्य बिरामी भई ५ रात अस्पताल भर्ना भई बसेमा उपचार खर्च, बाढि पहिरो लगाएतका प्राकृतिक बिपत्तीमा परी परियोजना क्षतिमा पुर्नस्थापना खर्च, सुत्केरी स्याहार खर्च लगाएत महिला शशक्तिकरण,केन्द्र प्रमुख गोष्ठी, बित्तीय साक्षरता कार्यक्रम,सदस्य तालिम प्रदान गर्दे आईरहेका छौ सो को अतिरिक्त बित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्ब अन्र्तगत बिबिध क्षेत्रहरुमा आर्थिक सहयोगहरु समेत गर्दे आईरहेका छौ ।

यहाँले बित्तीय साक्षरताको कुरा उठाउनु भयो बित्तीय साक्षरता बृद्धि र बिस्तार गर्नमा लघुबित्त बित्तीय संस्थाको भुमिका कस्तो रहन्छ र तपाँईहरुको योजना के छ?
निश्चय नै आजको आबश्यकता भनेको नै बित्तीय साक्षरता हो । जबसम्म हामीले हाम्रो ग्राहक सदस्यलाई बित्तीय रुपमा साक्षर बनाउन सक्दैनौ तब सम्म सञ्चालित कार्यक्रम सफल हुन सक्दैन । लघुबित्तकर्मीहरु सामाजिक तथा आर्थिक परिबर्तनका संबाहकहरु हुन । लघुबित्त बित्तीय संस्था को कार्यालयहरु तुलनात्मक रुपमा ग्रामिण क्षेत्रमा रहने, दैनिक रुपमा ग्राहक सदस्यको घर दैलो सम्म पुगी ज्ञानको ज्योतीलाई घर घर सम्म, समुदाय सम्म पुयाउने कार्य उनीहरुले गर्दछन् ।

समाजमा ज्ञानपुन्ज छर्दे बित्तीय रुपमा ग्राहक सदस्यलाई शिक्षित पार्न लघुबित्त बित्तीय संस्थाहरुको योगदान महत्बपूर्ण छ । म त भन्छु क ख र ग बर्गका बैक बित्तीय संस्थालाई असल ग्राहकको तयार लघुबित्त बित्तीय संस्थाहरुले नै गरेका छन किनकी लघुबित्त कार्यक्रमले बचत गर्न, आबश्यकता अनुसार बचत तथा कर्जा परिचालन गर्न साथै कर्जाको सही सदुपयोग गर्न सिकाउँछ । कर्जा दरुपयोगले निम्ताउन सक्ने बित्तीय बिचलनको बारेमा सचेत गराउँछ । लघुबित्त कार्यक्रमले घर परिवार र समुदायमा ब्यक्ति लाई उद्यमशिल हुन प्रेरणा दिन्छ । लघुबित्त कार्यक्रमले यदि गरिबीलाई न्यूनीकरण गर्ने हो भने पहिलो प्राथमिकता बित्तीय साक्षरतामा दिनुपर्छ । हाम्रो बित्तीय संस्थाको सम्पतीको रुपमा रहनुभएको ग्राहकको चेतना र ज्ञानको स्तर उच्च बनाउन सके मात्र हाम्रो कार्यक्रम दिगो रहन्छ भन्ने बिश्बासले साधना लघुबित्तले स्थापना काल बाट नै ग्राहक सदस्यहरुलाई शिक्षित बनाउने कार्य गर्दे आईरहेको छ ।

विश्वव्यापी कोरोना भाईरसको कारणले ग्राहक सदस्यहरुको स्वास्थ्य संबेदनशीलतालाई ध्यान दिदै स्थगित गरिएको बित्तीय साक्षरता अभियान आज बाट पुन सुचारु गरेका छौ । हामीले सञ्चालनमा रहेका ९३ बटा शाखा कार्यालयमा पहिलो चरणमा यहि महिना भित्र २५ बटा शाखा कार्यालयमा र ५२ बटा शाखा कार्यालयमा देश्रो चरणमा गर्ने गरी कार्य योजना तय गरी बित्तीय साक्षरता अभियान सञ्चालन गरिरहेका छौ । यस बाट बित्तीय संस्थामा आबद्द ग्राहक सदस्यहरुमा बित्तीय संस्थामा प्रति अपनत्व कायम हुने बिश्बास समेत गरेका छौ ।

अहिले बित्तीय क्षेत्रमा तरलता अभाब देखिएको छ,जसको प्रत्यक्ष असर लघुबित्त क्षेत्रहरुमा समेत देखिएको छ । साधना लघुबित्तलाई कस्तो असर परेको छ?
पक्कै पनि अहिलेको नेपालको आर्थिक क्षेत्रमा संकुचन आएको छ । बिश्बब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरसले बिगत २ बर्ष आम्दानीका क्षेत्रहरु उद्योगधन्दा सञ्चालन नहुनु, र आयातमा निर्भर अर्थप्रणलीले गर्दा ठुलो धनरासी बाहिरिनुले बित्तीय क्षेत्रमा तरलता अभाब देखिएको छ । बिगतका महिनामा ५ देखी ६ प्रतिशतमा रहेको लघुबित्त बित्तीय संस्थाको कस्ट अफ फण्ड अहिले औषतमा ११ देखी १२ प्रतिशत सम्म पगेको छ तरलता अभाबकको कारणले लघुबित्त बित्तीय संस्थाहरुले थोक कर्जा पाउन सकेका छैनन् ब्यबसाय बिस्तार ठप्प बन्न पुगेको छ , जसले गर्दा लघुबित्तको सञ्चालन मुनाफमा कमी आउने निश्चीत प्राय छ । र हामी पनि यो समस्या बाट अक्षुतो रहन सकेका छैनौ

साधना लघुबित्त बित्तीय संस्थाको बित्तीय अबस्था चाँही कस्तो छ?
साधना लघुबित्त बित्तीय संस्था नेपाल राष्ट्र बैक बाट ईजाजत प्राप्त घ बर्गको राष्ट्रिय स्तर कार्य क्षेत्र भएकोे संस्था हो । हामी गत मंसिरबाट चौथौ बर्ष पुरा गरी पाँचौ बर्षमा प्रबेश गरेका छौ । हामीले ९३ बटा शाखा कार्यालयबाट आज सम्म करिब ९५ हजार ग्राहक सदस्यलाई प्रत्यक्ष रुपमा उहाँहरुलाई घरदैलोमा नै बित्तीय सेवा दिईरहेका छौ । स्थानिय स्तरमा रोजगारीको सिर्जना गर्दे लघुउद्यम ब्यबसायको प्रबर्दन, बिस्तार र सबलीकरण, ग्राहक सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरण, बित्तीय साक्षरताको बिस्तारमा हामी केन्द्रीत भएका छौ । गोरखामा केन्द्रीय कार्यालय रहेको यस बित्तीय संस्थाको चुक्ता पुँजी रु ३२,१२,२५००० रहेको छ भने अधिकृत पुँजी ५० करोड रुपैया रहेको छ । बित्तीय संस्थाले ३१ जिल्लामा ९३ बटा शाखा कार्यालय बिस्तार गरी उक्त शाखा कार्यालयहरुबाट बाट फागुल्ण मसान्त सम्म करिब ९५००० सदस्य मार्फत रु १ अर्ब २५ करोड बचत संकलन गरी ५७००० ऋणी सदस्य मार्फत रु ५ अर्ब ४६ करोड कर्जा लगानी गरी लघुउद्यम ब्यबसायको प्रबर्दन संगै आर्थिक रुपान्तरण गरी आबद्ध ग्राहक सदस्यको जिबनस्तरमा समेत परिबर्तन आएको छ ।

समग्रमा हाम्रो अधिकांश बित्तीय सुचकहरु बलिया छन । यसरी बित्तीय सुचकहरु बलियो हुनुमा हुनुमा बित्तीय संस्थाको कर्मचारीहरुको मिहेनत,परिश्रम,त्याग र संस्थाप्रतिको सम्पर्ण र टिम बर्क नै हो । त्यसको अलवा बित्तीय संस्थाको सेवामा रहेको बिबिधीकरण पनि हो ।हाम्रो मान्यता तल्लो तहबाट नै टिम बलियो हुनुपर्छ भन्ने हो । स्थापनाको छोटो अबधीमा हामीले जे जती उपलब्धी हासिल गरेका छौ त्यसले बित्तीय संस्थाको आगमी दिन पक्कै पनि सकारात्मक हुन्छ भन्ने संकेत गर्दछ । मलाई जहा सम्म लाग्छ हाम्रो बित्तीय बिबरणले बित्तीय संस्थाको सबै लगानीकर्तालाई उत्साहित बनाएको छ । स्थापनाकाल देखी नै हामीले हाम्रो लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिईरहेका छौ ।

नेपालको लघुबित्त क्षेत्रमा यहाँहरुले पहिले पटक सफल मर्जर गर्नुभयो, तथापी तुलनात्मक रुपमा अन्य लघुबित्त बित्तीय संस्थाहरुको तुलनामा यहाँहरुले मर्जर वा प्राप्ती गर्नुभएन किन?
तपाईले भन्नुभए जस्तै नेपालको लघुबित्त क्षेत्रमा पहिलो पटक हामीले तनहुँमा केन्द्रीय कार्यालय रहेको आर्थिक समृद्धि लघुबित्त बित्तीय संस्थालाई प्राप्ती गरी राष्ट्रियस्तर बने पश्चात लघुबित्त क्षेत्रमा मर्जरको लहर चलेको हो । स्बत स्फूर्त रुपमा मर्जमा जाँदा नियमकारी निकायहरुबाट बिभिन्न सुबिधाहरु समेत लघुबित्त बित्तीय संस्थाले पाईरहेको छन् तर हामी आफै सबल र अब्बल रहने आन्तरिक रणनिती हो । त्यसको अलबा आफ्नो अस्तित्ब कायम गरी आफुजस्तै बित्तीय संस्थालाई गाभ्ने बा गाभिने बाटो रहेको र सो को लागी हामी खुल्ला छलफलका लागी तयार रहेका छौ । सो कार्यका लागी गत कार्तिकमा सम्पन्न बार्षिक साधरणसभा ले सञ्चालक समितीलाई समेत अख्तिीयारी दिई सकेको छ ।

About The Author

अन्य समाचारहरु: