
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विदेशी स्वयंसेवकसँग युक्रेनविरुद्धको युद्धमा रुसी सैनिकलाई साथ दिन अपिल गरेका छन्।
रुसी सुरक्षा परिषद्को बैठकमा बोल्दै राष्ट्रपति पुटिनले लड्न चाहनेहरुलाई रुसको साथ पाएका लडाकुसँग सामेल हुन दिइने बताएका हुन्।
मध्यपूर्वका स्वयंसेवक भनिएकाहरु अनुभवी सिरियाली लडाकु रहेको अमेरिकी अधिकारीले उल्लेख गरेका छन्।
रुस र सिरिया लामो समयदेखिका साझेदार हुन्। पुटिन सिरियाली राष्ट्रपति बसर अल–असदका विश्वासयोग्य सहयोगी हुन्।