Fri. Feb 28th, 2025

धादिङमा एक युवक मृत्य भेटिए, हत्याको आंशका

२१ असार धादिङ – धादिङमा एक युवक मृत्य अवस्थामा भेटिएको छ ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नं २ बस्ने २२ वर्षीय अर्जुन विक सोमबार मृत्य अवस्थामा भेटिएको हो । मृत्यकको शव जिल्ला अस्पताल धादिङबेसीको गेटमा फेला परेको हो । अपरिचित व्यक्तिले गाडीबाट शव अस्पतालमा छाडेर भागेको प्रहरीले जानकारी दिएको छ । युवकको हत्या गरिएको आंशका गरिएको छ ।

जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी प्रमुख प्रकाश मल्लका अनुसार घटनामा संलग्न केही व्यक्तिहरु र युवकलाई ल्याइएको गाडी पक्राउ गरिएको र अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

About The Author

अन्य समाचारहरु: