
काठमाडौं- नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)ले काठमाडौ दिल्ली रुटमा अब दैनिक दुई उडान गर्ने भएको छ । भारत सरकारले भारतमा सबै प्रकारका व्यवसायिक उडान खुला गरेसँगै नेपाल एयरलाइन्सले दिल्लीका लागि दैनिक दुई उडान गर्ने तयारी गरेको हो ।
नेपाल वायुसेवा निगमका अनुसार ३० फागुनबाट यो रुटमा दैनिक दुई उडान हुनेछ । अहिले यस रुटमा निगमले दैनिक एक उडान गरिरहेको छ ।
अहिले भारतबाट भिस्तारा एयर, इण्डिगो एयर र एयर इण्डियाले नियमित उडान गरिरहेका छन् । नेपालबाट भने निगम एक्लो कम्पनी हो ।