Thu. Mar 13th, 2025

धादिङबेसीमा आयोजित दोस्रो मेयर कप ब्याडमिण्टनमा क-कस्ले पाए उपाधि ?

धादिङ– धादिङबेसीमा आयोजित दोस्रो मेयर कप २०७८ को जिल्ला तथा राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ ।

जिल्ला ब्याडमिण्टन संघले फागुन १५ गतेबाट आयोजना गरेको प्रतियोगितामा जिल्ला तर्फ पुरुष एकल तर्फ सविन तामाङ, महिला एकल तर्फ बविता पुरी, पुरुष युगल तर्फ राजेन्द्र बानिया र रामचन्द्र गिरी, बी लेभल तर्फ कविन्द्र अधिकारी र रुपेन्द्र बानिया त्रीपुरासुन्दरी प्रथम भएका छन् ।

यस्तै राष्ट्रिय अण्डर १७ केटा तर्फ त्रिभुवन आर्मी क्लवबाट विभेक चौधरी, अण्डर १७ केटी तर्फ त्रिभुवन आर्मी क्लवबाटै प्राथना देउवा, पुरुष युगल भेट्रान्स ५५ प्लस तर्फ कास्कीका द्वय दिलपुन र मनोज कुमार श्रेष्ठ, भेट्रान्स ४५ प्लस पुरुष युगल तर्फ पोखराका नरबहादुर गुरुङ र शम्भुकुमार श्रेष्ठ र प्लस २० तर्फ मनकामना पोखराका विशाल बस्नेत र प्रनिशसिं ठकरी प्रथम भए ।

जिल्ला तर्फ प्रथम हुने पुरुष एकल र पुरुष युगललाई ३०/३० हजार, दितियदाई २०/२० हजार र तृतिय हुनेलाई ६/६ हजार, महिला तर्फ प्रथमलाई १२ हजार, दितियलाई ७ हजार र तृतिय हुनेलाई २५/२५ सय , जिल्ला बि लेभल तर्फ पुरुष युगल तर्फ प्रथम २५ हजार, दितिय १५ हजार र तृतियलाई ५/५ हजार पुरस्कार प्रदान गरिएको थियो ।

यस्तै राष्ट्रिय पुरुष युगल प्रथम ४० हजार दितिय २५ हजार र तृतियलाई ७५(७५ सय, अण्डर १७ केटा र केटी एकल तर्फ प्रथमलाई २५/२५ हजार, दितिय १५/१५ हजार र तृतियलाई ५/५ हजार, राष्ट्रिय स्तर भेट्रान्स ४५ प्लस पुरुष युगल तर्फ प्रथमलाई ३५ हजार, दितिय २५ हजार र तृतियलाई ७५/७५सय र राष्ट्रिय स्तर भेट्रान्स ५५ प्लस युगललाई पनि प्रथमलाई ३५ हजार, दितिय २५ हजार र तृतियलाई ७५(७५सय हजार पुरस्कार गरिएको थियो ।

About The Author

अन्य समाचारहरु: