Thu. Nov 28th, 2024

बहालवाला न्यायाधीशमाथि मुद्दा चलाउन नपाउने ठहर

काठमाडौ– बहालवाला न्यायाधीशमाथि अनुसन्धान र अभियोजन गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नभएको सर्वोच्चले ठहर गरेको छ ।

भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका न्यायाधीश बिनोदकुमार गौतमको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चको पूर्ण इजलासले न्यायाधीशमाथि मुद्दा चलाउने अधिकार अख्तियारलाई नभएको बताएको हो ।

बिहीबार सर्वोच्च अदालतका न्यायाधीशत्रय आनन्दमोहन भट्टराई,अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको पूर्ण इजलासले बहालवाला न्यायाधीशमाथि अनुसन्धान र अभियोजन गर्ने अधिकार अख्तियारलाई नभएको भन्दै न्यायाधीशमाथि लागेको भ्रष्टाचारको मुद्दा नै खारेज हुने फैसला गरेको हो ।

About The Author

अन्य समाचारहरु: