
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका छन्।
समाचार संस्था रोयटर्सका अनुसार पुटिनले बिहीबार पूर्वी युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका हुन्।
पुटिनले सैन्य कारबाहीसँगै युक्रेनका सैनिकलाई आत्मसमर्पण गर्न माग गरेका छन्। सैन्य कारबाही घोषणा भएसँगै युक्रेनका विभिन्न भागमा बिस्फोटहरू भएको बिबिसीले उल्लेख गरेको छ।
यसैबीच राजधानी किभ, डोनेट्स्क र लहान्सक क्षेत्रमा ठूला विष्फोटको आवाज सुनिएको बीबीसीले जनाएको छ । डोनेट्स्क र लुहान्सकलाई रुसले स्वतन्त्र राज्यको मान्यता दिइसकेको छ ।