Thu. Nov 28th, 2024

एमसीसी संसदमा टेबुल हुन कसैले रोक्दैन : रामचन्द्र पौडेल

काठमाडौ– सत्तासीन नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी संसदमा टेबुल हुन कसैले नरोक्ने बताएका छन्।

सोमबार आदिकवि भानु साहित्यिक अध्ययन समितिको कार्यक्रममा बोल्दै नेता पौडेलले सभामुख अग्नि सापकोटाले एमसीसी रोकेर नराख्ने बताएका हुन्।  ‘अब एमसीसी सभामुखले रोकेर राख्नुहुन्न। अब संसदमा एमसीसीबारे छलफल हुन्छ। पास फेल जे हुनुपर्ने हो संसदमै हुन्छ,’ उनले भने।  

नेता पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा माथिको महाभियोग प्रस्ताव स्वभाविक भएको बताए। जबरामाथि नेपाल बार एसोसिएसन र न्यायाधीशहरूले नै प्रश्न उठाएको अवस्थामा सत्तारुढ गठबन्धनले महाभियोग प्रस्ताव दर्ता गराउनुलाई अस्वभाविक रुपमा लिन नहुने उनको भनाइ थियो।

About The Author

अन्य समाचारहरु: