Wed. Mar 19th, 2025

एमाले अब आवेग र प्रतिशोधमा पार्टीले निर्णय नगर्ने

काठमाडौ– आवेग र प्रतिशोधमा निर्णय नगर्ने नेकपा एमाले संसदीय दलको बैठकले निर्णय गरेको छ।

सोमबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकले गठबन्धनले राजनीतिक अस्थिरता निम्त्याएको निष्कर्ष निकाल्दै एमालेले आवेगमा आएर प्रतिशोध नसाध्ने निर्णय गरेको हो।  

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्दै अध्यक्ष केपी ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेर गठबन्धनले मुलुकमा अस्थिरता निम्त्याउन खोजे पनि एमाले नेतृत्वले यसबारे सोच विचार गरेर मात्र निर्णय लिने बताएका हुन्।

अध्यक्ष ओलीले नेकपा एमाले जिम्मेवार राजनीतिक पार्टी भएको भन्दै एमालेले जिम्मेवार ढंगले नै आफ्नो भूमिका निर्वाह गर्ने बताए।

About The Author

अन्य समाचारहरु: