Thu. Mar 13th, 2025

ओमान प्रस्थान गर्ने नेपाली क्रिकेट टिममा‍ एक खेलाडी ‍थप

एजेन्सी – नेपाली क्रिकेट टिम आज साँझ ओमान प्रस्थान गर्दैछ। आइसिसी विश्वकप २०२२ को विश्व छनोटअघि हुने चार देश सम्मिलित टी –२० सिरिजका लागि नेपाली टिम ओमान प्रस्थान गर्न लागेको हो।

ओमान जाने नेपाली टिम १७ सदस्यीय छ। यसअघि नेपालले १६ सदस्यीय टिम घोषणा गरे पनि अन्तिममा स्पिनर सागर ढकाललाई पनि समावेश गरेको हो।

बायाँ हातेस्पिनर सागरले टी–२० सिरिजमा मौका पाउनेछन्। टी २० सिरिजपछि विश्वकप छनोटका लागि नेपाली टिम घोषणा हुनेछ।

सिरिजमा नेपालसहित युएई, आयरल्यान्ड र घरेलु टिमबीच प्रतिस्पर्धा हुनेछ।

विश्वकपअघि नेपालले तयारीस्वरुप सिरिज खेल्न लागेको हो। सिरिज माघ २८ सुरु भएर फागुन २ मा सकिनेछ। नेपालले पहिलो खेल माघ २८ मा ओमान, दोस्रो खेल माघ २९ मा युएई र तेस्रो खेल फागुन २ मा आयरल्यान्डसँग खेल्नेछ।

ओमानमै आगामी फागुन ६ गतेदेखि हुने विश्व छनोटमा नेपाल समूह ‘ए’ मा छ। समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम छन्।

About The Author

अन्य समाचारहरु: