Sat. Nov 16th, 2024

बेलायत बस्ने नेपालीले साढे २ करोड लगानीमा सुरू गरेको इ–क्याबु

एजेन्सी – ट्याक्सी तथा मोटरसाइकल राइडिङ सेवा लिन–दिन एपहरूको प्रयोग बढ्दैछ। यसमै अर्को एउटा एप थपिएको छ इ क्याब नेपाल।

कम्पनीका अध्यक्ष दीपक श्रेष्ठका अनुसार यसले यात्रुमाथि कुनै दुर्व्यवहार वा लुटपाट हुनबाट जोगाउँछ। सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउँछ।

आफ्नो मोबाइलबाट यात्राको लोकेसन (ठाउँ) सेयर गरेर परिवारमा जानकारी दिन सकिन्छ। मोबाइल अफ भए पनि आफू कहाँबाट, कुन ट्याक्सीमा आउँदै छु भन्ने जानकारी दिन मिल्छ।

इ–क्याबले ट्याक्सी चालक र चढ्ने ग्राहकलाई एकै ठाउँमा जोड्ने काम गर्छ।

एपमार्फत यात्रुले सजिलै ट्याक्सीको सेवा लिन सक्छन्, दीपकले भने, लकले पनि बाटोमा बसेर यात्रु कुर्नु पर्दैन। रिक्वेस्ट एसेप्ट गरेको भरमा ग्राहक पाउँछन्।

ट्याक्सी प्रयोगकर्तालाई सजिलो माध्यमबाट सुरक्षित सेवा दिन इ–क्याब नेपाल सञ्चालनमा ल्याइएको दीपकको भनाइ छ।

इ–क्याबमा जोडिएपछि चालक र यात्रु दुबैलाई सजिलो हुन्छ। दुबैले चोकमा बसेर यात्रु वा ट्याक्सी कुर्नु पर्दैन, दीपकले इ–क्याबको विशेषता बयान गरे, दुवैले आफ्नो काम सँगसँगै लैजान सक्छन् ।

इ–क्याबमा जोडिन चाहने ट्याक्सी चालकले इ–क्याब ड्राइभर्सु र ग्राहकले क्याब नेपालु एप डाउनलोड गर्नुपर्छ। एप एन्ड्रोइड र आइओएस दुबैका लागि उपलब्ध छ।

About The Author

अन्य समाचारहरु: