Mon. Mar 10th, 2025

नीलकण्ठ नगरपालिकामा औद्योगिक ग्राम बन्ने


धादिङ :
धादिङको नीलकण्ठ नगरपालिकामा औद्योगिक ग्राम बन्ने भएको छ । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयमा बिहिवार भएको सम्झौतामा नीलकण्ठ नगरपालिकाको ८ नं. वडा स्थित रामकोट घिउरिनटारमा रहेको ५० रोपनी क्षेत्रफलमा उक्त औद्योगिक ग्राम स्थापना हुने भएको हो ।

१४ करोड लागतको डि पि आर रहेको औद्योगिक ग्राम गत पुस ३० गतेका दिन मन्त्रिपरिषद बैठकबाट स्विकृत भएको थियो । औद्योगिक ग्रामको स्थापनाबाट स्थानिय कच्चा पदार्थमा आधारित उधोगहरु स्थापना गरि युवा रोजगारी, उद्यमशिलताको विकासमा समग्र नीलकण्ठ नगरपालिका र धादिङ जिल्लाकै आर्थिक विकासमा महत्वपुर्ण योगदान दिने अपेक्षा रहेको छ ।

सम्झौतामा नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुंगाना र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सह सचिव चन्द्रकला पौडेलले हस्ताक्षर गरेका छन् । भने चालु आ.व.मा नै पुर्वाधार विकासका लागि ९२ लाख रुपैँया दिने सचिव स्तरिय निर्णय समेत भएको छ ।

About The Author

अन्य समाचारहरु: